संखुवासभा। टच हेल्पिङ हेण्सको आयोजना तथा शहरि स्वास्थ्य सेवा केन्द्र मादी १ चौकिको संयोजनमा संखुवासभाको मादी १ चौकिमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
उक्त शिबिरमा निशुल्क रुपमा दन्त सेवा, भिडियो एक्सरे सेवा, जेनेरल चेक अप, चस्मा र औषधि बितरण , जुराफ माक्स सेनेटाईजर समेत बितरण गरिएको थियो । शिबिरमा डाक्टर अर्जुन सुवाल, डेण्टल डाक्टर बिद्या उदास, डाक्टर अनिस बर्देवाले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
उक्त शिबिरबाट जिल्लाको दुर्गम क्षेत्र मानिने धर्मदेबि गाउँपालिका र मादी वडा नं १ र २ का १ सय ४८ जना प्रत्यक्ष लाभान्वित भएका थिए । कार्यक्रममा हेल्पिङ हेन्ड्सका अध्यक्ष नारायण श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
शिबिरबाट दुर्गम क्षेत्रका बासिन्दाहरुलाई प्रत्यक्ष सेवा पुगेको भन्दै उनले शिबिरमा खटिएका चिकित्सक टोली र सहयोगि सबैलाई धन्यबाद प्रकट गरेका थिए ।
उनले आगामि दिनमा समेत जिल्लामा यस किसिमका शिबिर संञ्चालनका लागि आफुले जोड दिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया