खाँदबारी युथ क्लबको नयाँ कार्य समिति चयन



खाँदबारी । संखुवासभाको खाँदबारी युथ क्लबको नयाँ कार्य समिति चयन भएको छ । विहिबार सम्पन्न अधिवेशनबाट दिपेन्द्र कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । अध्यक्ष कार्कीसहित १३ सदस्यीय समिति चयन भएको छ । जसमा उपाध्यक्षमा मुनुहाङ गुरुङ, महासचिव सुरेन शाक्य, सचिव उल्लास बिशुङके, कोषाध्यक्ष राजनारायण लिम्बू रहेका छन् । समितिमा बाँकी ८ सदस्य रहेको पुर्वअध्यक्ष सोनाम लामाले जानकारी दिए ।

विगत लामो समयपछि भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको हो ।खाँदबारी क्षेत्रमा खेलकुद तथा सामाजिक काम गर्दै खाँदबारी युथ क्लब २०६१ सालमा स्थापना भएको हो ।

सम्बन्धित समाचार