संखुवासभा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धन सँगै या एक्लै चुनावमा जाने विषय टुंगो लगाउने बताएका छन् ।
उनले अहिले कांग्रेसको घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान चलिरहेकाले गाउँ तहबाट आएको राय र सुझावअनुसार गठबन्धन गर्नेरनगर्ने टुंगो लाग्ने बताए । संखुवासभाको खाँदबारीमा प्रेस युनियनले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले केन्द्रमा गठबन्धन गर्ने निर्णय नभए पनि जिल्ला र गाउँ तहमा गठबन्धन हुनसक्ने बताए । केन्द्रले गठबन्धन गरे पनि त्यो जिल्लास्तरमा लागू हुन नसक्ने पनि बताए । यसको अन्तिम टुंगो केन्द्रीय समितिले चैतको तेस्रो साता लगाउने छ, उनले भने, वैशाख ३० मै स्थानीय तहको निर्वाचन हुन्छ, कसैले शंका नगरौं ।
महामन्त्री शर्माले पहिलो चरणमा यो अभियानबाट कांग्रेसले मुख्य आठ वटा उद्देश्यलाई सार्वजनिक गरेको पनि बताए । कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाएको छ, उनले भने, जनताको जीवन रक्षालाई प्रधान विषय बनाएका छौं ।
महामन्त्री शर्माले कांग्रेसले एमसीसी पास गर्दैगर्दा भनेको वाक्यलाई पनि विश्लेषण गर्न आम मतदाताहरूलाई आग्रह गरे । उनले यो अभियानमा कांग्रेसलाई मात्र नभई अन्य राजनीतिक दलहरूलाई पनि मर्यादित ढंगले चुनाव लड्न आग्रह गर्ने बताए । अभियानमा जाँदा कांग्रेसले कुनै पनि पार्टीलाई आरोप(प्रत्यारोप नलगाई जनताका कुरामा विशेष चासो राख्, उनले भने, विशेष गरेर समृद्धि, संस्कार, संगठनलाई नयाँ ढंगले अघि बढाइ एकाकार गर्ने कुरामा केन्द्रित हुन्छौं ।ु
प्रतिक्रिया