भोजपुरका १८ मतदान स्थल अति सम्वेदनशिल



भोजपुर । जिल्ला सुरक्षा समिति भोजपुरले १८ ओटा मतदान स्थललाई अति सम्वेदनशिलको सूचीमा राखेको छ । यहाँका ८७ मतदान स्थलमध्ये १८ वटा मतदान केन्द्रलाई अति सम्वेदनशिल, २३ ओटालाई सम्वेदनशिल र ४६ ओटालाई सामान्यको सूचीमा वर्गिकरण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दुरी र सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गिकरण जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै जिल्लाभर १६० मतदान केन्द्र तोकिएको छ । अतिसम्वेदनसिल र सम्वेदनसिल सूचीमा परेका मतदान केन्द्रमा सोहि अनुसारको सुरक्षा प्रबन्ध मिलाउन माथिल्लो निकायसंग सिफारिस गरिएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले बताए ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार यो निर्वाचनमा भोजपुरबाट एक लाख २५ हजार ७०४ जना मतदाता सहभागी हुदैछन् । जसमध्ये ६० हजार ७०४ जना महिला, ६५ हजार २२१ पुरुष र एक जना तेस्रो लिङ्गी सहभागी हुने भएका छन् । निर्वाचन आयोगले चैत १३ गते मतदाताको नामावली टुङ्ग्याएको हो । कार्यालयका अनुसार सबै भन्दा बढी षडानन्द नगरपालिकामा २१ हजार ७९७ जना रहेका छन् भने सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकामा आठ हजार ७५४ जना मतदाता छन् ।

यस्तै भोजपुर नगरपालिकामा १९ हजार ४९०, हतुवागढी गाउँपालिकामा १४ हजार १८० जना मतदाता रहेका छन् । यस्तै टेम्केमैयुङ गाउँपाकिलामा १३ हजार ६१८, अरुण गाउँपालिकामा १२ हजार ८३६, आमचोक गाउँपालिकामा १२ हजार ५४४, रामप्रसादराई गाउँपालिकामा ११ हजार ७७२ रपौवादुङमा गाउँपालिकामा १० हजार ७२५ जना मतदाता रहेका छन् ।

सम्बन्धित समाचार