जिल्ला समन्वय समिति (जिसस) संखुवासभाको सभाहल बिहीबार उद्घाटन गरिएको छ । बिहीबार नवनिर्मित सभाहलको उद्घाटन एक कार्यक्रमका बिच जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य र उपप्रमुख अम्बिका खवासले संयुक्त रुपमा गरेका हुन् । जिससको आन्तरिक कोषबाट करिब १ करोड ४ लाख ८४ हजार रुपैयाँको लागतमा सभाहल निर्माण गरिएको जिसस संखुवासभाले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै जिसस प्रमुख शाक्यले भने सभाहल बनेपछि विभिन्न कार्यक्रमका लागि सहज हुने बताए । जिल्लामा धेरै सभाहल नहुदाँ होटल जानु पर्ने बाध्यता थियो । जिल्लाको आवश्यकता हेरेर जिससले चाडै सभाहल बनाएको जिसस प्रमुख शाक्यले बताए । सभाहलको उचित प्रयोग हुने उनले बताए । उनका अनुसार जिल्ला समन्वय समितीले हल शुल्क पनि चाडै कायम गर्ने बताए ।
सभाहल २ सय जना क्षमताको भएको जिल्ला समन्वय अधिकारी निर्माण कार्कीले बताए । सभाहलमा एसी सहितको सुविधा जडान गरिएको छ । सभाहल उद्घाटन कार्यक्रममा खाँदबारी नगरपालिका नगरप्रमुख मुरारी प्रसाद खतिवडा,उपप्रमुख डेगेश्वरी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा,उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान,राजनैतिक दलका प्रमुख प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया