दुरुपयोग रोक्न चिचिला अध्यक्ष शेर्पाले फिर्ता गरे सरकारी गाडी



खाँदबारी । चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी कार्यालयलाई फिर्ता गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सरकारी सवारी साधनको दुरुपयोग हुने भन्दै गाडी फिर्ता गरेका हुन् ।

शेर्पाले प्रयोग गर्दै आएको को १ झ ५६३ नम्बरको स्कार्पियो गाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईलाई हस्तान्तरण गरेका हुन् । निर्वाचन नजिकिएसँगै चुनावी गतिविधि बढ्ने र सोहि क्रममा आफुबाट तथा आफु सम्बद्ध दलबाट जान अन्जानमा गाडी दुरुपयोग हुनसक्ने भएकोले फिर्ता गरेको अध्यक्ष शेर्पाले बताएका छन् । शेर्पा नेपाली का‌ंग्रेसबाट निर्वाचित पालिका अध्यक्षा हुन् ।

निर्वाचन आयोगले जारी गरेको आचार संहिता सहितलाई मध्यनजर गर्दै आफुले गाडि फिर्ता गरेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार