सिलिचोङ भलिबल प्रतियोगितामाः पुरुष महिला दुवै खेलमा सिसुवाखोला विजयी



खाँदबारी । सिलिचोङ गाउँपालिका ३ ताम्कुमा सम्पन्न भएको सिलिचोङ वडा स्तरिय महिला पुरुष भलिबल प्रतियोगिताको दुवै उपाधी सिसुवाखोलाले जितेको छ । वडा भित्रका सवै टिमलाई हराउँदै महिला र पुरुष दुवै टिम विजेता बनेका हुन् ।

दुवै खेलमा सिलिचोङ २ बाला उपविजेता बनेका छन् । खेलमा सिसुवाखोलाको पुरुष टिमले ९ सेट जितेको थियो । उपविजेता बनेको बालाले पनि ९ सेट जितेपनि स्कोरमा कम अंक ल्याएपछि उपविजेतामा सिमित बन्न पुगेको थियो । सिसुवाखोलाले २ सय ८५ स्कोर ल्याएका थिए भने बालाले २ सय ६५ मात्र ल्याएका थिए ।

महिला भलिबलको विजेता बनेको सिसुवाखोलाले ११ सेट जितेको थियो । बालाको महिला टिमले ९ सेट मात्र जितेपछि उपविजेतामा चित्त बझाउनु परेको थियो । विजेता सिसुवाखोलाका दुवै टिमले नगद २८,२८ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेका बालाका दुवै टिमले नगद १८,१८ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दुवै खेल तर्फकाे सर्वोत्कृष्ठ खेलाडी सिसुवाखोलाकै शान्ता कुलुङ र भुपेन्द्र कुलुङ घोषित भएका छन् भने महिला भलिबल तर्फ बालाका सञ्जया राई र पुरुष तर्फ मांतेवाका अजय राई नव प्रतिभा घोषित भएका छन् ।

भलिबल समापन कार्यक्रममा म्याराथुन धावक उत्तम कुलुङ र राष्ट्रिय प्रतियोगितामा समेत खेलिसकेका भलिबल खेलाडी शारदा गजमेरलाई सम्मान गरिएको थियो । यस प्रतियोगिताबाट महिला र पुरुष दुवै तर्फका पालिका स्तरिय खेलाडी छनौट गरिएको खेलकुद विकास समितिका सदस्य सचिव बुद्धि कुलुङले जानकारी दिनुभयो ।

बृहद खेलकुद प्रतियोगिता अन्तर्गतको फुटबल र एथ्लेटिक्स खेलहरु बैशाख ६ गतेबाट नागिटारमा सञ्चालन हुनेछ । यस अघि म्याराथन र डबल ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भईसकेको छ । म्याराथनमा सिलिचोङ ३ का सन्देश मेवाहाङ विजेता बनेका छन् भने सिलिचोङ २ बालाका गणेश कुलुङ उपविजेता बनेका बनेका छन् । डबल ब्याटमिन्टन तर्फ सिलिचोङ ३ का समिर कुलुङ र पुरुण कुलुङको टोली विजेता बनेका छन् भने सिलिचोङ ३ कै धिरेन चाम्लिङ र सन्तोष कुलुङको जोडी उपविजेता बनेका छन् ।

सम्बन्धित समाचार