खाँदबारी । एमाले निकट युवा संघ नेपाल खाँदबारी नगरपालिका वडा नं. ५ वडा कमिटीको सबै पदाधिकारीहरु नै कांग्रेसमा प्रवेश गरेका छन् । युवा संघ वडा कमिटिका सबै पदाधिकारी नै शनिबार एक कार्यक्रम बीच प्रवेश गरेका हुन् । युवा संघका अध्यक्ष तुलाराम गिरी, सचिव विमन राई, सह–सचिव, सुरज वि।क। र सदस्यहरु विधान राई, मौसम राई र धिरेन्द्र निरौला प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसका जिल्ला कार्य समिति संखुवासभाका कार्यवाहक सभापति अनन्त गौली, सचिव टकमान घले, पूर्व सभापति जनक थापा लगायतका कांग्रेस नेताहरुले उनीहरुलाई प्रवेश गराएका हुन् । स्थानीय तह निर्वाचन नजिकएको बेला उनीहरुले प्रवेश गरेपछि वडामा नयाँ तरङ्ग आएको हो । ५ नं. वडामा नेपाली कांग्रेसले वडाध्यक्षको उम्मेरद्वारी समेत घोषणा गरिसकेको छ । हेमन्त राईलाई वडाध्यक्ष उठाउने गरि टुङ्गो लगाएको छ ।
प्रतिक्रिया