संखुवासभामा चार दल उमेदवारी चयन प्रक्रियाको अन्तिम चरणमा



संखुवासभामा चार दलिय गठबन्धनले उमेद्वारीको चयन प्रक्रियाको अन्तिम चरणमा पुगेको जनाएको छ । चार दलिय गठबन्धनले मंगलबार संयुक्त विज्ञप्ती जारी गरेर उमेद्वारी चयन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हो । कांग्रेस सभापति दीपक खड्का,एकिकृत समाजबादीका हेमराज घिमिरे, जनता समिाजबादीका कवानसेन राई र जनमोर्चा नेपालका लीलाबहादुर खत्रीले हस्ताक्षर गरेको विज्ञप्तीमा अतिवादी प्रवित्तिलाई परास्त गर्न सबै गठबन्धन शक्तिहरु एकठाँउमा उभिनु पर्ने उल्लेख गरिएको छ । गठबन्धन प्रकृया चुनौती भएपनि स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरु बीच तालमेल गरेर जान सकिने केन्द्रिय कार्यदलको निर्देशन अनुसार बिभिन्न चरणमा छलफल भइसकेको कांग्रेस सभापति खड्काले बताए ।

केही दिन अघि नेकपा माओबादी केन्द्र बाहिरी सकेको छ । अझै पनि केन्द्र संग स्थानीय तहमा तालमेलका कुरा भने भइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । बुधबारसम्ममा कुन तहमा कोको उमेद्वार हुने सार्वजनिक गरिने सभापति खड्काले बताए ।

सम्बन्धित समाचार