आफैँले बोकेको राइफल अचानक पड्केर गोली लाग्दा कपिलवस्तुको शमशेर दल गण गोरुसिङ्गे ब्यारेकमा एक महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ।
मृत्यु हुनेमा झापाको गौरहदह नगरपालिका( १ की २४ वर्षीया सैनिक जवान कोपिला राजवंशी छिन् ।
कपिलवस्तुका एसपी दानबहादुर कार्कीका अनुसार राति ब्यारेकभित्रको पोस्टमा ड्युटीमा रहेको बेला आफैँले बोकेको राइफल (एम १६) पड्केर उनी घाइते भएकी थिइन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
आफैँले आफैँतिर फायर गरी उनले आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । उनी केही दिन अघिमात्रै सरुवा भएर यहाँ आएको जनाइएको छ।
प्रतिक्रिया