आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँचखपन नगरपालिकाका मेयर विपीन राईले राजिनामा दिएका छन् ।
शुक्रबार उपमेयर भिमादेवी राई समक्ष मेयर राईले राजिनामा पत्र बुझाएका हुन् । गएको ०७४ स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मेयरमा निर्वाचीत भएका थिए । आगामी निर्वाचनमा समेत मेयर पदमा नै उम्मेदवार बन्ने भएपछि पदबाट राजिनामा दिएका हुन् । पुनः मेयरमा लड्ने भएपछि जिल्लामा नै सबैभन्दा पहिले सरकारी गाडी फिर्ता समेत मेयर राईले नै गरेका थिए ।
पाँचखपन नगरपालिकाभित्र राम्रो काम गरेका जुझारु युवा नेता भएकाले उनको लोकप्रियता बढेको छ । पार्टी समेत राम्रो प्रभाव जम्दै गएको छ । केही समयअघि पार्टीको जिल्ला अबिधेशनमा समेत अत्यधिक मतका लागि महाधिबेशन प्रतिनिधी चयन भएका थिए ।
आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हिन्दुकुमार राईसँग उनको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया