निजी श्रोतबाट प्रावि तहको शिक्षण पेशामा झण्डै एक दशक विताएपछि ब्यापार ब्यावसायमा होमिएका थिए राम बहादुर कुलुङ । निक्कै न्युन पारिश्रमिकमा लामो समय काम गरेपछि जागिर छोडेर ब्यापार ब्यावसायमा लागे । गाउँका रुद्राक्ष, अलैंची संकलन गरि विक्रिसँगै सगरमाथा मावि ताम्कु नजिकैको घरमा दैनिक उपभोग्य सामानहरुको पसल पनि थियो ।
ब्यापार गर्दाको आमदामी रमाईलोमा (आफु पनि खाने र अरुलाई पनि खुवाउने) सकेर पनि राम्रै बचत गरेका थिए । ब्यापार गर्दा ताका केहि घर घडेरी पनि जोडे । शिक्षण पेशामा रहदाताका नेकपा माओवादी पार्टीमा आवद्ध भएपनि नेपाली कांग्रेस हालको सिलिचोङ गाउँपालिकामा प्रवेश गरेपछि उनी पनि कांग्रेसी बने । सिलिचोङमा थुप्रैलाई कांग्रेस बनाउन पुर्व स्वास्थ्य राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङको प्रमुख भुमिका छ । गुरुङकै सक्रियतामा राम कुलुङको नेतृत्वमा नेपाली कांग्रेस सिलिचोङ गाउँ कार्य समितिको तदर्थ समिति बनाईएको थियो ।
ब्यवस्था परिवर्तन भएसँगै २०७४ मा स्थानीय तहको निर्वाचन हुने भयो । यस अघिसम्म सिलिचोङमा नेपाली कांग्रेसको उपस्थिती शुन्य जस्तै भएपनि यस पटक नेपाली कांग्रेसबाट रामबहादुर कुलुङ पालिका अध्यक्षको लागि उमेदवार बन्ने भए । भर्खरै मात्र पालिका स्तरीय तदर्थ समिति बनाईए पनि वडा र गाउँ स्तरमा संगठन थिएन । कम संख्यामा रहेका स्थानीय नेता तथा शुभचिन्तकहरुको साथ लिएर उनी सहित नेपाली कांग्रेसको टिम निर्वाचनमा होमिए । पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा नम्बर २, ३ र ४ को अध्यक्ष जिते पनि बहुमत पुगेन । तै पनि उनी अन्तर पार्टीसँग बिवाद रहित सफल कार्यकाल समापन गर्दैछन् ।
भन्नेहरुले त भन्लान्, सिलिचोङमा राम कुलुङको नेतृत्वमा भएको विकास भन्दा अझ राम्रा कार्यहरु गर्न सकिन्थ्यो । त्यस्ता भनाईहरुमा सत्यता पनि हुन सक्ला । तर, हिजोको सिलिचोङको अवस्था ? कतै सडक सञ्जाल नजोडिएको, सञ्चार सुविधा, स्वास्थ्य, शिक्षा लगायतका विकासका सामान्य आधारभुत आवश्यकताहरु समेत नभएको सिलिचोङमा अहिले सवै वडाहरुमा सडक सञ्जाल जोडिसकेको छ । अधिकांस टोलहरुमा पनि अप्ठ्यारा ठाउँहरुमा सोलिङ सहितको सडक पुर्वाधार बनिसकेको छ । अति विकट बस्तिहरुमा समेत सामुदायिक स्वास्थ्य ईकाईको स्थापना गरि नियमित स्वास्थ्यकर्मीहरुबाट सेवा दिने प्रबन्ध मिलाईएको छ ।
ठाउँठाउँमा झोलुङ्गे पुलहरु बने । सडक नपुगेको टोलहरुमा गोरेटो बनाई आवागमन सहज बनेको छ । जसबाट भरियाले बोक्ने भारी खच्चडबाट ढुवानी भईरहेको छ । स्थानीय खोला नालाबाट निकालिएको विद्युतको प्रवर्धन गरि टोलटोलमा विद्युत पुर्याईएको छ । विद्युत विस्तार नभएको ठाउँहरुमा सोलार वितरण गरिएको छ । अहिले वडा नम्बर ४ र ५ मा विद्युतको केन्द्रीय प्रसारण लाईन जडान भईसकेको छ । क्रमस अन्य वडाहरुमा पनि जडान गर्ने तयारी छ ।
विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन ठुलो लगानी भएको छ । शिक्षक अभावको कारण खस्कदो शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै पालिकाले आफै शिक्षक पदपूर्ती गराई शिक्षण शिकाईलाई सहज बनाईएको छ । फोन सम्पर्क नहुने सिलिचोङमा अहिले मोबाईल डाटाबाट ईन्टरनेट चलिरहेको छ ।
राम कुलुङको मुख्य विशेषता नै सहनशिलता र ईमानदारीता हो । कार्यकाल अवधिमा रामसँग थुप्रै आक्रोसहरु पनि पोखिए । उनकै कार्यकक्षमा आएर तथानाम बोल्नेहरुसँग पनि ठुलो कुरा गरेनन् । त्यसरी आउनेहरु अझै उनकै वरिपरि छन्, जो अहिले आत्म ग्लानीले नजिक आउन अप्ठ्यरो मान्छन् । उनकै कार्यकता होस या अरु नै कसैलाई पनि अभद्र ब्यावहार गरेको सायदै कुनै रेकर्ड छैन ।
एक्कासी राजनितिमा आएर उनले एउटा गर्विलो ईतिहास त बनाए । तर आर्थिक रुपमा भने निक्कै खस्किए । कमाएको केहि पैसाले सिभा, ताम्कु र खाँदबारीमा केहि जग्गा किनेपछि थोरै मात्र बचेको पैसाले चुनाव खर्च टरेन । संगठन र अपर्याप्त कार्यकता विना निर्वाचनमा होमिनु पर्दा करिव ३० लाख जत्ति खर्च भएको उनी बताउछन् । केहि उमेदवारको बाहेक प्राय सवैजसो वडाको समेत खर्च ब्यवस्थापन गर्नु पर्दा यत्ति धेरै खर्च भएको उनको दावी छ ।
ठुलो परिणाममा खर्च भए पनि उक्त खर्च फर्किने कुरै भएन । पालिकाबाट प्राप्त सुविधाले काठ्माण्डौ, बिराटनगर, खाँदबारी धाउँदा र साथीभाईसँग खाजा नास्ता नै नभ्याउने उनको भनाई छ । कतै हिड्ने बेलामा गोजीमा खर्च नहुँदा उनकी श्रीमती सुमित्राले पसलबाट जम्मा गरेको पैसा मागेर चलाएको थुप्रै पटक म आफैले देखेको छु । चुनावको क्रममा लागेको ऋण तिर्न नसकेपछि एउटा घरेडी पनि बेचे, अझै पनि त्यो बेलाको ऋण तिर्न बाँकी रहेको उनी बताउछन् । चाहेको भए गलत छिद्रबाट आर्जन गर्ने बाटाहरु थिए । तर त्यस्तो चङ्गुलमा उनी फस्न चाहेनन् ।
सिलिचाेङ ३ याचाम्खा गाउँकाे घरदैलाे कार्यक्रममा गाउँपालिका अध्यक्षा रामबहादुर कुलुङ सहितकाे टाेली ।
राम कुलुङका केहि स्वभावगत अवगुणहरु पनि छन् । जत्तिकै राम्रो प्रस्ताव पनि उनी आफुलाई सहि नलागे कार्यन्वयन गर्दैनथे । अझ भनौं उनको कोहि पनि सल्लाहकार नै थिएन । उनको कार्यकाल भरिमा कार्यकर्ताहरुको अधिकांश माग र चाहना अनुसार काम नगरेको आरोप खेप्नु परेको छ । जनसम्पर्कमा जत्ति हुनु पर्ने हो उत्ति नभएको आरोप अहिले पनि छ । सोहि कारण केहि कार्यकर्ताहरु उनीसँग रुष्ट भए । अर्को कुरा समय अनुसार टेक्नोलोजीमा अभ्यास्त छैनन् उनी ।
उनका केहि कार्यकर्ताहरु उनीसँग बेखुसी भए पनि उनको सरल स्वभावका कारण आम नागरिकहरुको मन मुटुमा बसेका छन् । बैशाख ३० मा हुन लागेको निर्वाचनमा पनि राम कुलुङ नै अध्यक्ष पदमा दोहोरिनु पर्छ भन्नेहरुको जमात ठुलै थियो । उनले पनि एक पटक दोहोरिन चाहना राखेकै थिए । तर अन्य सहकर्मीहरुको चाहनालाई मध्यनजर गरेर पार्टी सभापति भुपालराज मेवाहाङलाई उमेदवारीका लागि मार्ग प्रशस्त गरिदिए ।
राम दोहोरिनु पर्छ भन्नेहरुको मत नबिग्रियोस भनेर आफ्ना समर्थकहरुलाई सम्झाउदै अहिले अग्रपंत्तिमा रहेर भुपालराज मेवाहाङ नेतृत्वको उमेद्वारहरुको लागि मत मागिरहेको छ । आफु पछि हटेकै कारणले आफ्नो पार्टी र सहकर्मीहरुले हार ब्यहाेर्नु नपराेस भनेर उनी अग्रपंतिमा उत्रिएका हुन् ।
प्रतिक्रिया