दुइ फरक दुर्घटनामा दुईको मृत्यु



खाँदबारी। सङ्खुवासभामा दुइ फरक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै स्थानीय राजन राईको तेवा भीरबाट लडेर मृत्यु भएको हो ।

१ सय ५० मिटर अग्लो भीरबाट खसेका राईको भीर मौरीको मह काढ्ने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

त्यस्तै, मकालु गाउँपालिका–२ सेदुवामा कासुवा खोला जलविद्युत् आयोजनाका लागि बाटो खन्ने क्रममा एस्काभेटर दुर्घटना हुँदा स्थानीय ३० वर्षीय सुरबिर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार