भोटखोलाका १० मतदान केन्द्रमा मतदान अधिकृतको टोली



बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकामा आजबाट मतदान अधिकृत सहितको टोली खटिएका छन् । अतिसम्वेदनशील मानिएको दुर्गम भोटखोलाका १० मतदान केन्द्रमा ६२ प्रकारका निर्वाचन सामाग्री सहित टोली खटिएका हुन् । भोटखोलाका किमाथांका, चेपुवा, च्याम्ताड्डका मतदान केन्द्र पुग्न पैदल हिड्नु पर्ने भएकाले शनिवारै उनीहरुलाई पठाईएको मूख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बताए । यी मतदान केन्द्र पुग्न कर्मचारीलाई कम्तिमा ४ दिन पैदल हिड्नै पर्छ । यी स्थानमा नेपाली सेना, प्रहरी, ससस्त्र प्रहरी र राष्टिय अनुसन्धानका कर्मचारी पनि सुरक्षाका लागि खटिइसकेका छन् ।

सम्बन्धित समाचार