स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै दलका उम्मेदवारहरु जनताका घरदैलोसम्म पुग्न थालेका छन् । दलका आआफ्नै प्रतिज्ञा र घोषणापत्र लिएर चुनावी अभियानमा उम्मेदवार, दलका नेता र कार्यकताहरु मतदातासम्म मत माग्न व्यस्त छन् । संखुवासभालाई पछिल्लो अवस्थामा हेर्ने हो भने गठबन्धन दल र प्रतिदन्दीको रुपमा रहेको नेकपा एमालेबिचमै प्रतिस्पर्धा हुने देखिएको छ ।
यसबिचमा पाँचखपन नगरपालिकाको नगर उपप्रमुख पदमा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकिकृत समाजवादी)का सुमुना श्रेष्ठ र एमालेका अनिता न्यौपानेको चुनावी अंक गणित हुन थालेको छ । गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धामा देखिएका छन् । उनीहरु विकासका एजेण्डा लिएर मतदातका घरदैलो पुगिरहेका छन् । यसक्रममा उपप्रमुख पदका प्रत्यासी सुमुना श्रेष्ठलाई हामीले ४ प्रश्न सोधेका छौं ।
१. तपाईको उम्मेदवारी केका लागि ?
यो पाँचखपन नगरपालिकामा दिगो विकास, सुशासनको निम्ति गठबन्धन दलको निर्णयानुसार मैंले मेरो उम्मेदवारी हिएको छु ।
२. तपाईका प्रतिबद्धताहरु केके हुन् ?
जब मैंले उपप्रमुखको उम्मेदवारी पाउँदै गर्दाखेरी यो पाँचखपन नगरपालिकालाई समग्र विकास गर्न, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत लक्षित समूहलाई अघि बढाउनका लागि, जनताका आधारभुत आवश्यकतालाई पुरा गर्न, नगरका ९ ओटै वडाहरुमा आएका समस्या समाधान गर्न र जनताका सुझाव र सल्लाहलाई आत्मसात गरी अघि बढ्ने मेरो प्रतिबद्धता छ ।
३. तपाई प्रतिदन्दी भन्दा के कारणले अब्बल हुनुहुन्छ ?
म चाहीँ करिब ३० वर्ष जति यो राजनितिमा लागीपरिरहको छु । मेरो प्रतिदन्दी भनेको नेकपा एमालेका उम्मेदवार नै हुन् । पहिले एमालेलाई राम्रो भनियो तर दुई पटकसम्म संसद विघटन गरेपछी जनताको पसिनाले प्राप्त अधिाकारलाई लत्याएपछी जनताको विश्वास नेकपा एमालेमा घट्दै गएको छ ।
त्यसकारण आमी गठबन्धनका उम्मेदवार साझा भारणा सहित अघि बढेकाले हामीलाई मतदाताले विश्वास गर्नुहुनेछ भन्ने विश्वास छ । र हामीलाई अत्याधिक मत दिएर विजयी गराउनु हुनेछ भन्ने आशा छ ।
४. चुनावी अभियान कसरी अघि बढेको छ ?
अहिले अत्यन्त राम्रो माहौल छ । सबैले हामीलाई समर्थन गरिरहनु भएको छ । केन्द्रिय निर्देशन अनुसार गठबन्धनमा रहेर नगरका सातै पदका लागि हामी एकजुट भएर मतदातासमम पुगेकाछौं ।
हामीले सकेसम्म घरदैलोसम्म पुग्ने कोशिष गरेकाछौं । समय अभावले केही ठाउँहरुमा विभिन्न टोल र गाउँमा भेला भएर हाम्रा योजना र हाम्रो भिजन प्रस्तुत गरेर मतदातालाई मत मागि रहेकाछौं ।
प्रतिक्रिया