भिमढुंगा (काठमाडौं) । एक मतको महत्व कति छ भन्ने देखाउने दृश्य भीमढुंगाको बालबोध माविको मतदान केन्द्रमा देखिएको छ । ९६ वर्षीय काइँला तामाङ अक्सिजन सिलिण्डर लगाएर मतदान गर्न आएका छन् ।
भीमढुंगा मजुवाका उनलाई नाति नमराज तामाङले बोकेर मतदान केन्द्रसम्म ल्याएका थिए । अहिले काइँला तामाङकी पत्नी ८६ वर्षीया काइँली तामाङ पनि छोरा राम तामाङको साथ मतदानस्थल आइपुगेकी छन् ।
काइँला र काइँली तामाङले देश र गाउँको नियम बसाउन र सबैलाई राम्रो होस् भनेर मतदान गर्न आएको अनलाइनखबरलाई बताए । बालबोध माविको मतदान केन्द्रबाट काइँला–काइँली दम्पतीले पहिलो मत खसालेका छन् ।
राम्रोसँग बोल्न समेत नसक्ने अवस्थाका काइँला तामाङले गत निर्वाचनमा आफ्नो मत खेर नगएको बताए । यस पटक पनि राम्रो मान्छेलाई मत दिने उनको भनाइ छ ।
प्रतिक्रिया