प्रहरीको कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिकाका माओबादीकातर्फबाट प्रमुखका उम्मेदवार सहित चार जना घाईते भएका छन् । प्रहरीको कुटपिटबाट गठबन्धन तर्फबाट प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका दावाछत्र शेर्पा सहित ४ जना घाइते भएका छन् । गएराति १० बजे प्रमुख पदका उम्मेदवार शेर्पा खाना खाएर मतगणना स्थल तर्फ जाँदै गर्दा प्रहरीले निर्घात कुटपिट गरेको बताए । उम्मेदवार शेर्पाको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ । मादक पदार्थ सेवन गरेका प्रहरीले उम्मेदवार शेर्पाको घरमै गएर श्रीमती र छोरालाई समेत कुटपिट गरेको उनले बताए । प्रहरीको कुटपिटबाट उम्मेदवार शेर्पाको छोरा र श्रीमती समेत घाइते भएको उनले बताए ।
प्रहरीको कुटपिटबाट काँग्रेस कार्यकर्ता श्याम शेर्पा समेत घाइते भएको छ । प्रहरीको कुटिपिटबाट शेर्पाको हात बाँचिएको छ । प्रहरीको कुटपिटबाट गम्भिर घाइते भएका शेर्पाको थप उपचारका लागि काठमाण्डौ लगिएको नेपाली काँग्रेसका पूर्व जिल्ला सचिव डम्बर बस्नेतले जानकारी दिए । कुटपिटबाट फूर्वा शेर्पा, पासाङ शेर्पा घाइते भएको उनले बताए । प्रहरी ज्यादतिको घोर भत्सना गर्दे घटनामा संम्लग्न प्रहरी माथि कार्रवाही गर्ने काँग्रेसका पूर्व सचिव बस्नेतले माग गरे ।
प्रहरी प्रमुख र प्रजिअ घटना स्थल तर्फ
प्रहरीको कुटपिटबाट उम्मेदवार सहित ४ जना घाइते भएका थिए । घटनाको जानकारी लिन जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा सदरमुकाम खाँदबारीबाट मादी तर्फ लागेका छन् । डिएसपी सुवेदीका अनुसार प्रहरीले उम्मेदवार माथि कुटपिट गरेको स्वीकार गरेपनि मादक पदार्थ सेवन भने नगरेको दावी गरे ।
प्रतिक्रिया