काठमाडौँ । तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आज परिवारलाई हस्तान्तरण गरिने भएको छ । सबै २२ शवको पोष्टमार्टम गर्ने काम सकिएपछि आज परिवारलाई हस्तान्तरण गरिने भएको हो ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट शव परिवारलाई बुझाइनेछ । दुर्घटनामा मृत्यु भएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई १७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।
पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया