किशोरीलाई करणी गरेको अभियोगमा एकजना पक्राउ



झापा। प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउत रहेका छन् ।

प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

सम्बन्धित समाचार