धनकुटा — धनकुटा नगरपालिका ९ स्थित मूलघाटबाट प्रहरीले ९ केजी ५०० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । छिन्ताङबाट को १ ज ३३२३ नम्बरको जिपमा राखेर धरानतर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो ।
सहिदभूमि २ का उपेन्द्र विसुंखेको झोलामा रहेको गाँजा मूलघाटस्थित प्रहरी चेक पोष्टबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए ।
प्रहरी सहायक निरीक्षक कप्लेश्वर स्वर्णकारको नेतृत्वको टोलीले गाडी जाँच गर्नेक्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो । गाडी चालक सहिदभूमि गापा ३ का लोकेन्द्र राई र गाँजा बरामद गरिएका व्यक्ति विसुंखेलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ । थप अनुसन्धान गरी लागूऔषध नियन्त्रण ऐनअन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया