संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–३ मा रहेको पूर्वी क्षेत्रको नै प्रसिद्ध धार्मिक तीर्थस्थल सिद्धकाली मन्दिरमा १०८ भागवत संकल्पको उद्घाटन भएको छ ।
धार्मिक शुद्धताको लागि, विश्व प्राकृतिक शान्ति अभियान नेपालद्धारा देशब्यापी रुपमा धार्मिक १०८ भागवत संकल्प संचालन भईरहेको छ । त्यसैको निरन्तरता स्वरुप ३५औ जिल्लाको रुपमा संखुवासभाको सिद्धकाली मन्दिरमा १०८ भागवत संकल्प आयोजना भएको स्थानीयबुद्धिजिवी तथा पत्रकार पदम अधिकारीले जानकारी दिए । उनको अनसार, जेठ १७ गते देखि शुरु भएको १०८ भागवत संकल्प यहि जेठ २५ सम्म संचालन हुनेछ ।
सिद्धकालीको महिमा र गरिमा, बिकासका लागि १०८ भागवत संकल्पको आयोजना गरिएको आयोजकको भनाइ छ । एक हप्तासम्म संचालन हुने उक्त १०८ भागवत संकल्पमा संचालन हुँदा सम्पूर्ण खर्च कटाएर बाँकी मौज्दात रहेको रकमले मन्दिर संरक्षणमा खर्च गरिने श्री सिद्धकाली मन्दिर संरक्षण एबंम संबद्धन समितिले जनाएको छ । उक्त सिद्धकाली मन्दिर संरक्षण एबंम संबद्र्धन समितिको अध्यक्षमा निर्वतमान चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्री रहेका छन् ।
उक्त उद्घाटन कार्यक्रममा पञ्चे बाजा गाँजा सहित कलशयात्रा गरिएको थियो । उक्त कार्यक्रममा चैनपुर नगर प्रमुख कृष्णकुमार तामाङ, संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, चैनपुर नगरपालिकाका उपमेयर एलिना श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिब कुमारबाबू अधिकारी, काँग्रेस नेता ज्ञानबहादुर कार्की, नेकपा एमालेका नेता भरत खडका, नेकपा एकीकृत समाजबादी नेता उमेशकुमार डाँगी, नेकपा माओवादी नेता पासाङ शेर्पा, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदी, चैनपुर नगरपालिका वडाअध्यक्षहरु, महायज्ञ तयारी समिती तथा स्थानीयबासी उपस्थिती रहेको थियो ।
सिद्धकाली मन्दिरमा आयोजना भएको उक्त १०८ भागवत संकल्पमा मानिसहरुको उपस्थिती उलेख्य रहेको स्थानीय अगुवा सरोज दाहालले बताए । उनले दैनिक रुपमा मानिसहरुको उपस्थिती राम्रो छ । उत्साहपूर्वक भेला हुने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया