त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसपालि अर्थशास्त्र विषयको स्नातकोत्तर परीक्षाको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ। पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेपछि प्रश्नपत्र दोहोरिएको सम्बन्धमा त्रिविले छानबिन गर्ने भएको छ।
त्रिवि मानविकी तथा समाजशास्त्र संकायका डिन प्राध्यापक कुसुम शाक्यले प्रश्नपत्र हुबहु दोहोरिएकोबारे छानबिन गर्ने बताइन्।
के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानबिन गर्छौं, उनले भनिन्, भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौं। उनले गत वर्षकै प्रश्नपत्र यसपटक परीक्षामा हुबहु समावेश गर्नु गल्ती भएको बताइन्।
हामीले विज्ञ समूहलाई प्रश्नपत्र बनाउने जिम्मा दिन्छौं। विज्ञ समूहले जहिले पनि दुई सेट प्रश्नपत्र बनाएर दिनुहुन्छ, उनले भनिन्, त्यहीमध्ये एउटा सेट प्रश्नपत्र परीक्षाका लागि समावेश गर्दा गत वर्षकै दोहोरिएको हो।
मानविकी संकायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत पब्लिक इकोनोमिक्सु को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्याएको थियो। साठी पूर्णांकको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेको छ। प्रश्नपत्रमा एक्स्प्लेनु र डिस्क्राइबु भन्ने शब्द मात्रै तलमाथि गरिएको छ।
त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिव अधिकारीले प्रश्नपत्र दोहोरिएको स्वीकार गर्दै प्रश्नपत्र बैंकबाट छनौट गर्दा पुरानो प्रश्नपत्र परेको बताए।
हामीसँग प्रश्नपत्रको बैंक हुन्छ, त्यसबाट नयाँ र पुरानो मिसाएर प्रश्नपत्र तयार गरिन्छ, उनले भने, परीक्षा हुनु केही दिनअघि प्रश्नपत्र बैंकबाट एउटा प्रश्नपत्र छनौट गरिन्छ। जुन प्रश्नपत्र आयो, त्यही छनौट गरेर छापिन्छ।
प्रश्नपत्र बैंकमा पहिलेका वर्षमा भइसकेका परीक्षाका प्रश्नपत्र पनि रहने भएकाले यसपालि त्यही प्रश्नपत्र दोहोरिएको उनको दाबी छ।
भूलवश यसपालि गत वर्षकै प्रश्नपत्र पर्यो। प्रश्नपत्र छनौट गर्ने व्यक्तिहरूलाई यो विषयमा सबै कुरा हेक्का भएन, उनले भने, कोर्स बाहिरको प्रश्न परेको छैन, गत वर्षकै दोहोरिएको हो। प्रश्नहरू सामान्यतस् दोहोरिरहने भए पनि यसपालि भने सेट नै दोहोरिएको हुँदा प्रश्न उठ्यो।
परीक्षा सकिइसकेकाले अब स्थगित नहुने उनले बताए।
प्रतिक्रिया