जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा शाक्य र घलेको उम्मेद्वारी



जिल्ला समन्वय समिति संखुवासभाको प्रमुख पदमा सुमन शाक्य र राजेन्द्र घलेको उम्मेद्वारी परेको छ । नेकपा एकिृकृत समाजवादीबाट शाक्य र स्वतन्त्रबाट राजेन्द्र घलेको उम्मेद्वारी परेको हो ।

पाँच दलीय गठबन्धका साझा उम्मेद्वारको रुपमा शाक्यलाई अगाडी सारेको हो । नेपाली कांग्रेसका प्रदेश कार्य समितिका सदस्यसमेत रहेका राजेन्द्र घलेले उक्त निर्णयमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेद्वारी दिएको जनाएको छ । एकलौटी रुपमा केहि ब्यक्तिहरुले दुई जना मतदाता भएको नेकपा एसबाट उम्मेद्वार बनाएपछि असन्तुष्टी जनाएको हो । जिल्ला समन्वय समितिको मनोनयन दर्ता शनिबार भएको हो ।

१० स्थानीय तह रहेको संखुवासभामा नेकपा एमालेका ८ जना, कांग्रेसका ९ जना, नेकपा (एस) का २ जना, नेकपा माओवादीका १ जना मतदाताका रुपमा जितेको छ । जिल्ला समन्वय समितिमा गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार