पाल्पा । पाल्पामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्रेको छ ।
बिहीबार बिहान तानसेन नगरपालिका वडा नं। ५ स्थित गाईखर्कमा १८ वर्षीया किशोरीलाई करणीको प्रयास गरेको आरोपमा तानसेन १२ का राजु विकलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
विकले बिहानको समयमा बाटो नजिकै जबरजस्ती करणीको प्रयास गरेको भन्दै किशोरीले स्थानीयमार्फत प्रहरीलाई जानकारी दिएको र सोही आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
थापाका अनुसार पक्राउ परेका विकलाई म्याद थप गरी जबरजस्ती करणी उद्योग मुद्दा अघि बढेको छ ।
प्रतिक्रिया