करेन्ट लागेर धनकुटामा एकको मृत्यु



धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका १ हात्तिखर्कमा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २९ वर्षीय लक्ष्मण लिम्बू रहेको प्रहरीले जनाएको छ । छिमेकीको बिजुली अवरुद्ध भएपछि बनाउने क्रममा लिम्बूलाई करेन्ट लाग्दा घट्नास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले बताएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित समाचार