आयोगमा दर्ता भयो रवि लामिछानेको पार्टी



रवि लामिछाने नेतृत्वको नयाँ राजनीतिक दल आयोगमा दर्ता भएको छ।

आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको उक्त पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। पार्टीको नाममा स्वतन्त्र राख्न नहुने भन्दै लामिछानेले प्रस्ताव गरेको नाम राखेर पार्टी दर्ता गर्न नहुने भन्दै आयोगमा उजुरी परेको हो।

दर्ता भएको पार्टीको नाम र चुनाव चिन्हबारे केहीबेरमा आफूहरूले पत्रकारहरूलाई जानकारी दिने प्रवक्ता ढकालले बताए।

टेलिभिजन प्रस्तोता लामिछानेले केही दिनअघि नयाँ पार्टी खोल्ने घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।

सम्बन्धित समाचार