चिचिलाः बाढी र पहिरोले भत्काएको बाटो मर्मतमा जुट्यो स्थानीय



खाँदबारी । केहि दिन अघिको बर्षाले संखुवासभामा नै सवैभन्दा बढी चिचिला गाउँपालिकामा क्षति पर्यायो । ठाउँठाउँमा पहिरो जाँदा १६ परिवार विस्थापित भए । प्राय सवै मुख्य तथा शाखा सडकहरु भत्किए ।

बाढि र पहिरोले भत्काएका केहि मुख्य सडकहरु मर्मतपछि सञ्चालनमा आएका छन् । अन्य सडकहरु मर्मतको क्रममा छ । चिचिला गाउँपालिका वडा नम्बर ४ मा भने जनप्रतिनिधीहरुको नेतृत्वमा स्थानीय नागरिकहरु नै सडक मर्मतमा जुट्न थालेका छन् । आ–आफ्नो क्षेत्रमा भत्किएका तथा विग्रिएका सडकहरु श्रमदानबाट नै मर्मत गर्ने गरि काम सुरु गरेका छन् । वडा अध्यक्ष बालकुमार तामाङको नेतृत्वमा वडा सदस्यहरु, वडाका प्राविधिक तथा कर्मचारीहरुको समेत सहभागितामा स्थानीयले श्रमदान सुरु गरेका हुन् ।

मेसिन लगाउन नपर्ने तथा सानातिना मर्मतका कार्यहरु पालिकाको बजेट बिना नै पनि गर्न सकिने भएकोले श्रमदान अनुरोध गरेर काम सुरु गरिएको वडा अध्यक्ष तामाङले बताउनुभयो । बजेट सिमा थोरै भएको चिचिलामा सानातिना कामका लागि पनि सरकारी बजेटको अपेक्षा गरिरहदा आफै पछाडी पर्ने भएकोले आम नागरिक श्रमदानमा जुटेको उहाँले बताउनुभयो । वडा भरि नै सामान्य क्षति पुगेको सार्वजनिक स्थलहरुको श्रमदानबाट मर्मत गर्ने कार्यमा जुट्न समेत अध्यक्ष तामाङले अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार