चिचिला गाउँपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा



खाँदबारी । चिचिला गाउँपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । आईतबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि पुर्ण खोप युक्त पालिका घोषणा गरिएको हो ।

प्रत्येक बर्ष पालिका भित्रका सवै बालबालिकाहरुलाई खोप दिईसकेपछि पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिन्छ । यस बर्ष गाउँपालिका भित्रका रहेका ८१ जना बालबालिकाहरुलाई खोप दिईसकेपछि पुर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको अध्यक्षतामा आयोजित कार्यक्रममा पालिका भित्रका जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष शेर्पाले कुनै पनि बालबालिका खोपबाट नछुटेको सुनिश्चितता गराउने सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सम्बन्धित समाचार