काठ्माण्डौ । मृगौलामा समस्या भएपछि उपचाररत नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघका महासचिव ईन्द्र कुलुङको निधन भएको छ । कुलुङको शुक्रबार विहान बीर अस्पतालमा निधन भएको उपचारमा संलग्न दिर्घ कुलुङले जानकारी दिएका छन् ।
कुलुङको दुवै मृगौलाले काम गर्न छोडेपछि प्रत्यारोपणको लागि भक्तपुर मृगौला प्रत्यारोपण केन्द्रमा राखिएको थियो । सो क्रममा एकासी मुटुमा समस्या देखिएपछि उपचारको लागि बीर अस्पताल लगिएको थियो ।
६२ बर्षका कुलुङ कुलुङ समुदायको आदर्श ब्यक्तिको रुपमा लिईन्छ । उनले जीवन पर्यन्त कुलुङ संघमा आवद्ध भएर समाज सेवा गर्दै आएका थिए । ईलाम स्थायी ठेगाना भएका कुलुङ लामो समयदेखि काठ्माण्डौ रहदै आएका थिए ।
प्रतिक्रिया