मुलघाटको पुलबाट खसेर बृद्धको मृत्यु



धनकुटा । धनकुटाको मुलघाटस्थित तमोर नदीको पुलबाट खसेर एक बृद्धको मृत्यु भएको छ । पुलमा हिड्ने क्रममा लडेर नदीको बगरमा खस्दा मुलघाटका ८० वर्षीय छत्रबहादुर साङपाङ राईको मृत्यु भएको हो ।

आज बिहान करिब १०ः४५ बजे पुलमा हिडिरहेका बेला बृद्ध साङपाङ नदीको बगरमा खसेको प्रत्यक्षदर्शी सोवित श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । पुलबाट खसेर भुईमा बजारिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

 

सम्बन्धित समाचार