कार र बाइक ठोक्किँदा एकको मृत्यु



भक्तपुरमा कार र बाइक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शनिबार बेलुकी सल्लाघारीमा बाइक र कार ठोक्किँदा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

उनका अनुसार बा ६ च ८१५ नम्बरको कार कोटेश्वरबाट सल्लाघारी जाँदै थियो। त्यस्तै बा २८ प ७३९२ नम्बरको बाइक भक्तपुरबाट फर्किंदै थियो।

‘बस्नेतको उपचारको क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको होु, उनले भने। चालकलाई कारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..