संखुवासभामा ४६ मानव अधिकार उलङ्घनका घटना



संखुवासभा । संखुवासभामा यो वर्ष मानव अधिकार उलङ्घन घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

इन्सेकले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक बर्षको अवधिमा ४६ वटा मानव अधिकार तथा ज्यादतीका घटना भएको इन्सेक संखुवासभा प्रतिनिधि भविन कार्कीले जानकारी दिए ।

इन्सेक संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । एक बर्षको अवधिमा सबै भन्दा धेरै महिला पीडित भएको घटना सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । एक बर्षको अवधिमा घरेलु हिंसा ३०, जवरजस्ती करणी ४ महिला र ८ बालिका, बोक्सीको आरोपमा कुटपिट १ महिला, हत्या १ महिला,कुटपिट गैरराज्य पक्ष १,राज्य पक्ष १ जना पीडीत भएको इन्सेक प्रतिनिधि कार्कीले बताए । जबर्जस्ती करणीमा पर्नेमा बालिका बढी रहेका छन् । पछिल्लो समय महिला तथा बालबालिकाको अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यलेले भने मानव अधिकार उलङ्घन घटना रोक्नका लागि सबै पक्ष सजग हुन आवश्यक रहेको बताए । अन्र्तराष्ट्रिय कानुनको पक्ष राष्ट्रमा हस्ताक्षर गरेको नाताले हामी मानवले स्वतन्त्रता,आधारभूत अधिकार प्राप्त गर्नु हाम्रो नैर्सगिक भएको प्रमुख शाक्यले बताए । हिंसा अन्त्य गर्न पहिले हामीले आफ्नै घरबाट सुरु गर्नु पर्ने समन्वय प्रमुख शाक्यले बताए । पछिल्लो समय न्यायलय बाट समेत मुद्दा प्रक्रिया ढिला हुदाँ पीडित झन पीडामा पर्नु परेको उनको भनाइ छ । कानूनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको खाँदबारी नगरपालिका उपप्रमुख महेश्वरा श्रेष्ठले बताएकी छन् ।

न्यायीक समितीमा घरेलु हिंसा, लेनदन र बोक्सीको आरोपमा उजुरी परेपनि छलफल र मिलापत्रमा ल्याउन समस्या भएको उपप्रमुख श्रेष्ठले बताइन् । खाँदबारी नगरपालिकाको न्यायीक समितीले वडा वडामा मेलमिलाव कर्ता राखेर समेत मेलमिलाव गरिरहेको उपप्रमुख श्रेष्ठको भनाइ छ । समिक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले इन्सेकले प्रहरी प्रशासन,स्थानीय तह सँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सुझाव दिए । पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विमल पौडेल,उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान,जिल्ला प्रहरी कार्यालयका साहयक प्रहरी निरिक्षक अनन्त घिमिरे, मानव अधिकार शान्ति समाजकी सचिव मुना पराजुली,बाल हेल्प लाइनका प्रमुख सुजन अधिकारी,पत्रकार सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार