जनजाती महासंघ र फेकोफनको विज्ञप्तिकाे च्याम्ताङवासीद्वारा विराेध



खाँदबारी । भोटखोला गाउँपालिका २ मा अवस्थित छुजुङ खोलामा निर्माण हुन लागेको जलविद्युत परियोजना रोक्नु पर्ने भन्दै जारी गरिएको विज्ञप्ती प्रति भोटखोलावासी २ च्याम्ताङ वासीले विराेध जनाएका छन् । जनजाती महासंघ संखुवासभा र सामुदायिक बन उपभोक्ता महासंघ संखुवासभाले जारी गरेको विज्ञप्तिको चेपुवावासीले खण्डन गरेका हुन् ।

उक्त विद्युत उत्पादन क्षेत्र विभिन्न बन्यजन्तुहरुको बासस्थान रहेको र त्यसलाई खलल पुर्याउन नहुने भन्दै विद्युत उत्पादन कार्य गर्न नहुने विज्ञप्तिमा भनिएको छ । जनजाती महासंघ संखुवासभा अध्यक्ष विपिन तामाङ र सामुदायिक बन उपभोक्ता महासंघ संखुवासभाका अध्यक्ष लक्ष्मी चापागाईले हस्ताक्षर गरेको विज्ञप्तिमा भोटखोला क्षेत्रमा अरुण नदि बाहेक अन्य नदिहरुबाट विद्युत उत्पादन कार्य गर्न नहुने भनिएको छ ।

यसरी जारी गरिएको विज्ञप्ती स्थानीय उपभोक्ताहरुको चाहना विपरित रहेको छुलुङ्म सामुदायिक ‍‍‍ बन उपभोक्ता समिति च्याम्ताङका अध्यक्ष पासाङ भोटेले बताउनुभयो । विज्ञप्ति जारी गर्ने महासंघका पदाधिकारीहरु भन्दा आफुहरु यस विषयमा बढि जानकार रहेकोले स्थानीयको चाहना बिपरित गतिविधि नगर्न समितिका अध्यक्ष भोटेले सचेत गराउनुभयो । वातावरण पर्यावरणको संरक्षण गर्दै त्यस क्षेत्रको जलश्रोतबाट भविश्यमा आउने समृद्धिको बारेमा स्थानीय बासिन्दा जानकार रहेकोले यसको बाधक कोहि नबन्न समेत भोटेले ध्यानाकर्षण गर्नुभयो ।

विगत केहि बर्षदेखि एक अमेरिकी आईएनजीओले भोटखोला २ मा बन्न लागेको जलविद्युत परियोजनाहरु रोक्न लागि परेको र विज्ञप्ती पनि त्यहि आईएनजीओको पक्षपोषण गर्न प्रकाशित भएको भोटेले आरोप लगाउनुभयो । उक्त आईएनजीओले केहि दिन अघि विज्ञप्ति जारी गर्ने जनजाती महासंघका अध्यक्ष विपिन तामाङ लगायतलाई भोटखोला लगेर परिचालन गरेको समेत भोटेले बताउनुभयो । कुनै विदेशी आईएनजीओको पक्षमा वकालत गरेर समृद्धिको बाधक नबन्न समेत भोटेले चेतावनी दिनुभयो ।

हेर्नुहाेस जनजाती महासंघ संखुवासभा र फेकाेफाेनले जारी गरेकाे विज्ञप्ति ।

सम्बन्धित समाचार