धनगढी । १ लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडिबुटीसहित ५ जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका ४, बसपार्कबाट पक्राउ गरेको छ।
बसपार्कस्थित साल्ट ट्रेडिङ कर्पोरेशन अगाडि नक्कली मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कैलाली चुरे गाउँपालिका ६ बस्ने वर्ष ५५ का लालबहादुर साउद, धनगढी उपमहानगरपालिका १३ राजपुरस्थित एसएस होटलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका ६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटी शिखर नगरपालिका १० बस्ने ३० वर्षीय करनसिंह धामी र डोटी बडिकेदार गाउँपालिका १ का ५० वर्षीय मोहनसिंह बोहरालाई पक्राउ गरेको हो।
धामी बस्ने गरेको डेरा कोठाको खानतलासी गर्दा उक्त कोठाको पलङको सिरानि मुनि लुकाइराखेको अवस्थामा नेपाली १ हजार दरका नोटहरु १४२ थान, सोही खटियाको प्लाई मुनि रहेको बाक्साभित्र जेब्रा झोलामा बाघको जस्तो देखिने अस्थीपंजर हड्डीहरु ५ किलो ५३० ग्राम, बैंक तथा आईएमई भौचर तथा चेकहरु, जडिबुटीका बोक्राहरु समेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया