गृह जिल्ला आएर मन्त्री किराँतीले भने ‘मलाई तपाईहरुले वडा अध्यक्ष बनाईदिनु भाे’



दिङ्ला । मन्त्री बनेपछि पहिलाे पटक संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती गृह जिल्ला भाेजपुर आएका छन् । बुधबार दिङ्लामा आयाेजित कार्यक्रममा सहभागीहरुले गाउँ स्तरीय याेजनाहरुकाे माग पत्र बुझाए ।

क्लव, गुम्वा, संघ संस्था, राजनीतिक दल लगायतले योजना प्रस्तावनाका चाङ नै मन्त्री किराँती समक्ष थुपारेका थिए । साना साना कामहरुका लागि प्रस्तावना पेश गरेपछि मन्त्री किराँतीले वडामा माग गर्ने याेजनाहरु आफुलाई माग गरेकाे ठट्याैली प्रतिकृया दिएका थिए । ठुलाे आयाेजनाहरुकाे माग आउने अपेक्षा आफुले राखे पनि मन्दीर, गुम्वा, टाेल स्तरीय सडक, विद्यालय, खेल मैदान, पुल लगायतका योजना स्थानीयले मागेकाे प्रतिकृया दिएका छन् ।

ठट्याैली पारामा मन्त्री किराँतीले भने ‘मन्त्री भएर आएँ ठूला ठूला योजनाको माग आउँछ भनेको त वडा परिषदमा छलफल गर्ने खालको योजनाको माग पाे आयो । ए बा बा ! मन्त्री हुन त दिनुस् ।’

मन्त्री किराँतीले ठूला किसिमका योजनाहरु प्रस्ताव पेश गर्न समेत सुझाए । उनले ठूला योजना प्रस्तुत गरे रातो कितावमा हालिदिने प्रतिवद्धता समेत जनाएका छन् ।

सम्बन्धित समाचार