खाँदबारी । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा सनिबारबाट प्रदेश १ स्तरीय बाैद्ध सम्मेलन हुने भएकाे छ । प्रदेश स्तरीय अनुसन्धान केन्द्र र बाैद्ध संग्रहालय निर्माण गर्ने उद्देश्यका साथ दुई दिने सम्मेलन खाँदबारीमा हुन लागेकाे हाे ।
लुम्बिनी बाैद्ध विश्वविद्यालय र जिल्ला समन्वय समित सङ्खुवासभाकाे संयुक्त आयाेजनामा कार्यक्रमकाे आयाेजना गर्न लागिएकाे हाे । सम्मेलनकाे पहिलाे दिन सनिबार १०५ बर्षीय बाैद्ध धर्मगुरु मानबीर पैजाे (दारी लामा) काे प्रमुख आतिथ्यतामा उद्घाटन सत्र कार्यक्रमकाे आयाेजना गर्न लागिएकाे हाे ।
विभिन्न जात जातिकाे झाँकी सहितकाे र्याली खाँदबारी ७ नयाँबजारबाट सुरु गरि नगर परिक्रमा गरेर पाेखरी बजार स्थित कार्यक्रम स्थलमा सहभागि गराईने जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयाे । उद्घाटन सत्रमा विभिन्न जात जातिहरुकाे साँस्कृतिक नाच र विशिष्ट ब्यक्तिहरुकाे शुभकामना मन्तब्य रहने शाक्यले जानकारी दिनुभयाे ।
सम्मेलनकाे दाेश्राे दिन आईतबार जिल्ला समन्वय समितकाे सभाहलमा १५ जना बाैद्ध विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । उक्त कार्यपत्रहरु माथि साेहि दिन छलफल हुनेछ । दाेश्राे दिनकाे कार्यक्रम विहानकाे ७:३० बजेबाट सुरु हुनेछ ।
सङ्खुवासभामा प्रदेश स्तरीय अनुसन्धान केन्द्र तथा बाैद्ध संग्रहालय स्थापना भए जिल्लालाई धार्मिक, ऐतिहासिक तथा पुरातात्विक अध्ययन केन्द्रकाे रुपमा विकास गर्न सकिने साेहि विषयका विज्ञ डा. मात्रिका तिम्सिनाकाे भनाई छ । साे कार्यले जिल्लालाई धार्मिक पर्यटन क्षेत्रकाे रुपमा विकास गर्न समेत टेवा पुग्ने उहाँकाे दावी छ ।
कार्यक्रममा लुम्विनी विश्वविद्यालका उपकुलपति तिलक आचार्य, पुर्वाञ्चल विश्वविद्यालयका डिन अनिल पाेखरेल लगायत विशिष्ट ब्यक्तिहरुकाे उपस्थिति रहनेछ । कार्यक्रममा जिल्लाका पुर्व सांसद तथा राजनितिक ब्यक्तित्वहरुकाे पनि उपस्थिति रहने आयाेजकले जनाएकाे छ ।
कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्की आउने भनिए पनि उहाँ अनुपस्थिति रहने बताईएकाे छ ।
प्रतिक्रिया