लिस्वन । नेपाल सरकारको टोलिले पहिलो पटक पोर्चुगलमा राहदानी दरखास्त तथा बायोमेट्रिक सङ्कलन शुरु गरेको छ ।
अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयको समन्वय तथा सहजीकरणमा परराष्ट्र मन्त्रालय र फ्रान्सस्थित नेपाली राजदूतावासको टोलिले मार्च २९ बाट सेवा दिन शुरु गरेको हो । उक्त टोलिले एक महिनासम्म पोर्चुगलको लिस्बनमा रहेर सेवा दिने छ ।
मार्च २९ देखि अप्रिल २५ सम्म राहदानीको म्याद सकिएका तथा हराएकाहरुले आवेदन दिन सक्ने अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयका छविलाल बगालेले जानकारी दिए ।
सरकारको टोलिलाई सहयोग गरिरहेको गैरआवासीय नेपाली संघका महासचिव राजकुमार थापाका अनुसार पोर्चुगलमा आप्रवासीको मामिला हेर्ने सेफमा अपोइन्टमेन्ट भई तुरुन्त राहदानी आवश्यक परेकाहरुलाई पहिलो प्राथामिकतामा राखेको जनाएको छ ।
प्रतिक्रिया