अजय अलङ्कारकाे गीत ‘सानिवा’काे भिडियाे सार्वजनिक (भिडियाे सहित)



काठ्माण्डाै । श्रष्टा एवं सञ्चारकर्मी अजय अलङकार कुलुङको कृति सानिवा (हृदय)को म्युजिक भिडियो विमोचन गरिएकाे छ । काठ्माण्डाै स्थीत कुजनु रेस्टुरेन्ट एण्ड सेकुवा कर्नर सरस्वतीनगरमा नेपाल सङगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ गायक शम्भु राईको प्रमुख आतिथ्यतामा भिडियाेकाे विमाेचन गरिएकाे हाे ।

श्रष्टा अजय अलङकारको पाचौं कोसेली सानीवा (हृदय) नामक एल्बममा संग्रहित शिर्ष गीत सानीवाको मेल भर्सनको म्युजिक भिडियो सार्वजनिक गरिएकाे हो । फिमेल भर्सनमा गायिका आभा मुकारुङद्वारा स्वरबद्व गीत यस अघि नै सार्वजनिक भईसकेको छ ।

गायक राजेन्द्र केरुङको स्वरमा सजिएको यस गीतमा अजय अलङकारको शब्द र सङगीत रहेको छ भने पविधन खालिङको संगीत संयोजन रहेको छ । मिक्सिङ किशोर थापा र रेकर्डिङ साजन शाहले गरेका हुन ।

म्युजिक भिडियोमा भने अजय अलङकार र छमछमी सिजन ३ का फष्ट रनरअप मनिता बुख्खो कुलुङको अभिनय देख्न सकिन्छ । त्यसैगरी फैलिमाया कुलुङ, समीप कुलुङ, बालकलाकारहरु संस्कृती कुलुङ र रेवन्त कुलुङको अभिनय हेर्न सकिन्छ । छायांकन तथा सम्पादन सृजन शिरीष कुलुङको रहेको छ भने कथा, निर्देशन राजेन्द्र केरुङको रहेको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका गुदेल पुगेर छायांकन गरिएको उक्त भिडियोमा कुलुङ संस्कृती, भेषभुषा सहित एक युवाको कलाकारिता क्षेत्रमा स्थापित हुने, ठुलो गायक बन्ने अधुरो सपनालाई कलात्मक ढङ्गले प्रस्तुत गर्न खोजिएको छ । २०७० सालमा रेकर्ड गरिएको गीतको अफिसियल म्युजिक भिडियो विविध कारणबस करिब १ दशकपछि सार्वजनिक गर्न लागिएको श्रष्टा अजय अलङकारले बताए ।

श्रष्टा अजय अलङकारको ‘पहिलो नजर’ लोक दोहोरी गीति एल्बम २०६५, ‘शन्देश’ लोक आधुनिक गीति एल्बम २०६५, ‘झुपडीको आँशु’ गीति संग्रह २०६७, ‘मेरी आमा’ मुक्तक संग्रह २०६९, ‘सानीवा’ कुलुङ भाषामा गीति एल्बम २०७१, ‘पोम्लालुङ’ कुलुङ भाषामा गीति एल्बम २०७३, महाकुलुङ ‘महोत्सव गान’ २०७४, महाकुलुङ ‘गाउँपालिका गान २०७७’, गुदेल स्कुल गान २०७९ लगायत हालसम्म ३ दर्जनभन्दा बढी नेपाली तथा कुलुङ भाषामा गीतहरू रेकर्ड भईसकेको छ ।

किरात कुलुङ भाषामा हालसम्म ४८ वटा गीतहरू रेकर्ड मध्ये अजय अलङकार कुलुङको गीतहरु ९ वटा रहेका छन । कुलुङ भाषा, संस्कृति संरक्षणको निम्ति विगत ६ वर्ष अगाडि २०७३ साल फाल्गुनदेखि ईन्डिजिनियस टेलिभिजनमा ‘आम्नी मीन्ताम ओखी रीदाम’ कार्यक्रम संचालन गर्दै आएका अजय अलङकार
हाल कुलुङ जातिको साझा संस्था नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ केन्द्रीय समितिको सचीव समेत रहेका छन ।

सम्बन्धित समाचार