खाँदबारी । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र खाँदबारीको आयोजनामा बैशाख २४ देखि २८ सम्म ५ दिने प्रशिक्षण हुने भएको छ । खाँदबारीको टुडिँखेलमा आयोजना गर्न लागिएको प्रशिक्षण कार्यक्रममा ब्रम्हाकुमार बरिष्ठ राजयोग प्रशिक्षक राजु गुरुडले दैनिक २ पटक प्रशिक्षण दिने छन् ।
सोमबार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र खाँदबारीले पत्रकार सम्मेलनको आयोजना गरेर प्रशिक्षणका बारेमा जानकारी गराएको हो । मानव समाजमा फैलिएको मानसिक, अशान्ति, आर्थिक, सामाजिक, शारिरिक अव्यवस्थापनको कमजोरीका कारण आएका विभिन्न बिकृति र समस्यालाई निराकरण गर्ने उदेश्यले प्रशिक्षण आयोजना गर्न लागिएको ब्रम्हाकुमारी रोचना आचार्यले बताईन् ।
उनका अनुसार मूल्यनिष्ठ समाज स्थापनाकोे कार्यमा सघाउ पुर्याउन, संस्कारी एबंम सचेत नागरिक बन्ने प्रेरणा प्रदान गर्न, समाजका सबै किसिमका बिकिृति न्यूनीकरण गर्न, खुसियाली जीवन, सकारात्मक सोच तथा तनाब मुक्त जीवन जिउने कला सिकाउन, जीवनको वास्तविक उदेश्य तथा रहस्यबारे जानकार बनाउने उदेश्य रहेको आयोजक समितिका संयोजक सरोजकुमार बज्राचार्यले बताए ।
पत्रकार सम्मेलनका क्रममा परमात्मा शक्ति एमब बरदान प्राप्ती, जीवन कर्मको रहस्य, शान्ति एबम सुखको अनुभूति, सम्बन्धमा सुमधुरता, तनाब एबम् क्रोधमुक्त जीवनमा राजयोग प्रशिक्षणले फाईदा दिने जानकारी गराईएको थियो । सो अवशरमा कोशी प्रदेशका १ सय ८ जना ब्रम्हाकुमारीहरुको सहभागीता हुने छ । प्रशिक्षण कार्यक्रम दैनिक १२ देखि २ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया