खाँदबारी । सङ्खुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ भित्र एक जनाको मृत्यू भएको छ भने २ जना घाईते भएका छन् ।
मंगलबार मकालु गाउँपालिका स्थित आम्राङको अडित २ को सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गा खसेर घाईते भएका एक जनाको मृत्यू भएको छ भने २ जनाको उपचार भईरहेको छ । मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका ५ याङ्देनका ३५ बर्षीय प्रेमकुमार राई रहेका छन् । घाईते हुनेहरुमा भारत आसामका २३ बर्षिय सममती वलिता र भारतकै नालाबारीका २३ बर्षीय साईमुदिन अली रहेका छन् ।
मृत्तक राईको उपचारको लागि खाँदबारी अस्पताल ल्याउने क्रममा मृत्यू भएको हो । अन्य दुई घाईतको खाँदबारी अस्पतालमा नै उपचार भईरहेको छ । राईको शव पोष्टमार्टम गरि परिवारलाई जिम्मा दिईने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
प्रतिक्रिया