खाँदबारी । खानेपानी आपुर्ति नियमित नभएको भन्दै खाँदबारी युथ क्लव संखुसभाले खाँदबारी खानेपानी तथा सरसफाई उपभोक्ता समिति खाँदबारीलाई ज्ञापन पत्र बुझाएको छ ।
लामो समय देखि धारामा पानी नआउने, पानिको सट्टा हावाको समेत महंगो शुल्क बुझाउनुपर्ने, मांसिमाको पानि ल्याउने भन्दै उपभोक्तालाई ठगि गरेको आदी जस्ता कुरा उल्लेख गरिएको छ ।
नियमिति पानि आपुर्तिको ब्यवस्था तत्काल मिलाई पानीको श्रोतको अवस्था के कस्तो छ ? पानी बितरण गरिने तालिका सार्वजनिक गर्नु पर्ने, मांशिमाबाट खानेपानी ल्याई बितरण गरिने भनि उपभोक्ताबाट उठाईएको रकम फिर्ता गर्नुपर्ने, खानेपानीको महशुल अत्याधिक महंङ्गगो भएकाले महशुल घटाईनुपर्ने मागहरु राखिएको छ ।
खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यको नेतृत्वमा डेलिगेशन सहित बिज्ञप्ती दिन खाँदबारी युथ क्लवका २ दर्जन बढि युवाहरु खाँदबारी खानेपानी कार्यालयमा पुगेका थिए । उनीहरुले आफ्ना मागको वेवास्ता गरिए चरणबद्ध आन्दोलनको शुरुआत गरिने समेत चेतावनी दिएका छन् ।
२४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउने भन्दै गठन गरिएको समितिले पारदर्शी ढंगले काम गर्न नसकेको भन्दै स्थानीय उपभोक्ताहरु आक्रोशित बन्दै आएका छन् ।
खानेपानी खुवाउने भन्दै गठन गरिएको समितिका अधिकांस पदाधिकारीहरु जिम्मेवारीबाट पन्छँदै आएको उपभोक्ताहरुको गुनासो रहँदै आएको छ ।
संखुवासभाको सदरमुकाम खाँदबारिमा खानेपानी र बिद्धुत सेवा नियमित नहुँदा उपभोक्ताहरु मारमा पर्दै आएका छन् । यस्ता सामाजिक बिषयमा आवाज उठाउने स्थानीय संघसंस्था निस्कृय भएपछि अहिले खाँदबारि युथ क्लवले सामाजिक बिषयमा चासो बढाउन थालेको र यसलाई आगामी दिनमा थप प्रभावकारि बनाउँदै लगिने क्लबका महासचिब सुरेन शाक्यले बताए ।
प्रतिक्रिया