सिलिचाेङ: खानीगाउँका नागरिकलाई चुला र विद्यार्थीलाई झाेला वितरण



खाँदबारी । सिलिचोङ गाउँपालिका वडा नं. ३ खानीगाउँका स्थानीयलाई सुधारिएको फलामे चुला र गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण भएको छ । प्लान्स फर नेपाल र टिसिनो ट्रेक्सले मंगलबार खाँदबारी नगरपालिका ३ स्थीत चिसापानीमा गाउँपालिका प्रतिनिधीहरु तथा स्थानीयलाई चुला र झोला वितरण गरिएको हो ।

मनिपर इल नपालको सहयोगमा उक्त सामाग्रीहरु वितरण भएको सिलिचोङ–३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिनुभयो । स्टोभ चिम्नी प्रोजेक्ट २०२३ अनुसार उक्त सामाग्रीहरु सहयोग भएको जनाईएको छ । खानीगाउँका ५८ घरपरिवारलाई सुधारिएको फलामे चुलो वितरण गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

दाता संस्थाहरुले सिलिचोङ २ बालाका सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि ५० थान झोला हस्तान्तरण गरेका छन् । त्यस्तै, बालायाम्दाङ माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि १७५ थान झोला वितरण गरिएको प्रोजेक्टले जनाएको छ ।

यसै गरि मांतेवा स्थित जीवन ज्योति माविका विद्यार्थीहरुलाई १ सय १२ थान, जनजागृती आधारभुत विद्यालयलाई ७ थान, सुर्योदय आधारभुत विद्यालयलाई. १९ थान र चन्द्र ज्योति आधारभुत विद्यालयलाई २९ थान झोला वितरण गरिएको प्लान्स फर नेपालका फिल्ड इन्जीनियर यदुमणि निरौलाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार