खाँदबारी । स्थानीय तहका कर्मचारीहरुकाे शान्तिपूर्ण आन्दाेलनलाई प्रहरीले बलपुर्वक दमन गरेकाे विषयमा स्थानीय तह कर्मचारी संघर्ष समिति चिचिला गाउँपालिकाले भर्त्सना गरेकाे छ । आफुहरुकाे जायज माग राख्दै शान्तिपूर्ण आन्दाेलन गर्दा असाेज २२ गते काठ्माण्डाैमा प्रहरीले दमन गरि आफ्ना सहकर्मीहरु सख्त घाईते बनाएपछि विज्ञप्ति जारी गर्दै भर्त्सना गरेका हुन् ।
मर्यादित तथा संयमित भएर जायज माग राख्दा राज्यबाट सुनियाेजित ढंगले सयाैं राष्ट्रसेवक कर्मचारीहरु सख्त घाईते हुने गरि बर्बरतापूर्ण प्रहरी दमन भएकाे विज्ञप्तिमा भनिएकाे छ । यस प्रकारकाे राज्यबाट भएकाे दमनकाे विषयमा नेपाल सकार गृहमन्त्रालयले आफ्नाे धारणा सार्वजनिक गर्नु पर्ने विज्ञप्ति मार्फत माग गरिएकाे छ ।
राज्यबाट सुनियाेजित रुपमा निर्ममपूर्ण बनाईएकाे घाईतेहरुकाे राज्यले निशुल्क उपचार गर्नु पर्ने माग राखेका छन् । अन्यथा यसबाट सिर्जित प्रतिकुल असरकाे जिम्मा सरकारले लिनु पर्ने विज्ञप्तिमाम भनिएकाे छ ।
यसै विच, सुचना प्रविधि अधिकृत कर्मचारी हकहित मञ्च केन्द्रिय तदर्थ समितिले पनि विज्ञप्ति मार्फत घटनाकाे बिराेध गरेकाे छ । ७ वटै प्रदेश कार्य समिति संयाेजकहरुले हस्ताक्षर गर्दै स्थानीय तहका कर्मचारीहरुकाे माग तथा आन्दाेलन प्रति एेक्यबद्धता जनाएका छन् ।
विज्ञप्ति मार्फत सुचना प्रविधि अधिकृतहरुकाे पनि मुलभुत रुपमा २ माग रहेकाे काेशी प्रदेश समितिका संयाेजक जाेशन गुरुङले जानकारी दिनुभयाे । देशका सवै स्थानीय तहहरुमा सुचना प्रविधि अधिकृतकाे दरवन्दि सृजना गर्नु पर्ने र हाल करारमा कार्यरत सुचना प्रविधि अधिकृतहरुलाई उमेर हद नलाग्ने गरि शत प्रतिशत आन्तरिक प्रतिष्पर्धा गर्ने ब्यवस्था हुनु पर्ने माग रहेकाे काेशी प्रदेश संयाेजक गुरुङले जानकारी दिनुभयाे ।
प्रतिक्रिया