… र फेरी बिर्सियाैं छेपाराे जस्तै



जब बर्खा लाग्छ तब गुनासाे र आक्राेसकाे चाङ लाग्छ ‘सडक हिलाम्य भएर सास्ति भाे’ भनेर । ठिक त्यहिँ बेला हामी जनता, पत्रकार, नेता, कार्यकर्ता, कर्मचारी, सम्बन्धित कार्यालय, स्थानीय जनप्रतिनिधि, साँसद, मन्त्रीसम्मलाई चासाे र चिन्ता हुन्छ । सडकदेखि सदनसम्म नै आगाे ओकलिन्छ ।

उत्तर दक्षिण काेशी राजमार्ग अन्तर्गतकाे खाँदबारी नुम सडक, मानेभञ्ज्याङ हेलुवाबेँशी सडक, खाँदबारीदेखि धुपु, बाह्रविसे, पाँचखपन जाने सडकमा पाईएकाे सास्तीपछिकाे त्याे आक्राेस सम्झाै त ?

तर जब हिउँद सुरु हुन्छ, तब हामी सवै चुपचाप । मानाै की यहाँ सब ठिकठाक छ, केहि समस्या छैन । बर्खा भरि खरा बुलन्द आवाजहरु सकिएपछि निर्माण ब्यावसायीलाई त हाई सञ्चाे । यसै त पहुँचकाे भरमा म्याद थप्दै बस्ने, काम नगर्ने निर्माण ब्यावसायीलाई अरु के चाहियाे र । यहाँ सवै निर्माण ब्यावसायीहरु खराब छन् भन्न खाेजिएकाे पटक्कै हाेईन ।

फेरी हामीले यस पटक मात्र त्याे दुरदशा भाेगेकाे र बिर्सिएकाे कहाँ हाे र ? बर्षाैदेखि त्याे सडककाे हालत उस्तै छ र उसै गरि बर्खा लागेसँगै गुनासाे, विराेध, आक्राेश । तर फेरी हिउँद लागेपछि सवै चुपचाप ।

याे संक्षिप्त लेखकाे एउटै मात्र उद्देश्य काम गर्ने समय हिउँद हाे र याे समयमा सुतेर बस्नु हुन्न भन्ने हाे । पानी नपर्ने याे समयमा आनन्दले बस्ने अनि बर्खा लागेपछि पानी पर्न थालेसँगै काम  गर्न थाल्नाले धेरै समस्या भाेग्नु परेकाे प्रत्यक्षदर्शी हामी नै हाै नी, हाेईन र ?

हामीलाई यत्ति कुरा थाहा छ भने याे समयमा किन चुपचाप ? काम गर्ने समय यहिँ हाे भन्ने निर्माण ब्यावसायीलाई थाहा छैन भने अरु सराेकारवालाहरुले सम्झाई दिउँ । सम्बन्धित कार्यालय र कर्मचारीले पनि जागिर मात्र साेँच्नु भएन, परिणाम दिने गरि काम गराउने तिर लागाैँ ।

नत्र हामी फेरी उहिँ छेपाराेकाे कथाकाे पात्र मात्र बन्नेछाैँ ।

सम्बन्धित समाचार