यसरी गयो कागुवा र छ्याङ खोलाको पुल बग्ने गरि पहिरो (भिडियो सहित)



खाँदबारी । चिचिला गाउँपालिका १, २ र ३ जोड्ने छ्याङ खोला र कागुवा खोलामा रहेको दुई वटा पुल पहिरोले बगाउँदा आवतजावतमा समस्या परेको छ । दुवै खोलामा रहेको पुल पहिरोले बगाउँदा विद्यार्थी लगायत आवतजावत गर्नेहरुलाई समस्या परेको हो ।

मुल सडक कागुवा खोलामा बनेको मोटरेबल पुलमा पहिरोले क्षति पुर्याएको छ । उक्त पुल भन्दा माथिल्लो बाटोमा बनाईएको ट्रष्ट पुल समेत पहिरोले बगाएपछि यात्रुहरु विकल्प विहिन बनेका हुन् । चिचिला गाउँपालिका १, २ र ३ विचको उक्त पुल पहिरोले बगाएपछि वडा नम्बर ३ स्थीत जालपा मावि डाँडा गाउँ पढ्न जाने विद्यार्थीहरुलाई बढि समस्या देखिएको छ ।

हाल उक्त खोलाहरु तरेर १५ भन्दा बढि विद्यार्थीहरु पढ्न आउने गरेको जालपा माविका प्रधानाध्यापक नुदन राईले जानकारी दिनुभयो । केहि ठुला उमेरकाहरु जोखिम मोलेर पहिरोको बाटो भएर विद्यालय आउने गरे पनि साना कक्षाका विद्यार्थीहरु पढाईबाट बञ्चित रहेको प्रअ राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार