कुशे औँसीको अवसर पारेर पितृको सम्झनामा खनालले ल्याए गीत ‘सत्य’



खाँदबारी । कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनको अबसर पारेर दिपक खनालले सत्य नामक गीत सार्वजनिक गरेको छन् ।

गीतको शब्द साहित्यकार कविता केशरीले लेखेका छन् । गीतका अंशहरूले चराचर जगतको सबै भन्दा ठूला अभिभावक मान्यजन एवं प्रिय व्यक्तिलाई गुमाउनु पर्दाको दुखत घटनालाई साहित्यकार केशरीले भावुक शव्दमा उजागर गरेका छन् । केशरीको ओजपूर्ण शव्दलाई गायक खनालले श्वर भरेर गीत तयार पारेका हुन् ।

खानाल पेशेवर गाएक होइनन् तर उनि निरन्तर साधक भने हुन् । उनको ‘बोल्ड’ श्वरले गीतका गहकिला भावलाई न्याय गरेको छ । सरकारी सेवामा रहेका खनालको बालापनदेखिकै गीत सङ्गीतमा आघात रुचि रहेको उनी बताउँछन् ।

भारतमा संगीत साधनाको गहिरो अध्ययन गरेर हाल नेपालमा सङ्गीत बिध्यालय सञ्चालन गर्दै आउनुभएको सङ्गीतकार भरत बस्नेतले संगीत भरेको यो एकाक्षरी काफियाको बहर गजल हो ।

‘संसारका अरू सबै चिजहरु यथावत छन् तर मुख्य अभिभावक नहुदा सबै शून्य भएको यथार्थता गीतमा छ, बुवा नहुदाको क्षणको कल्पना गीतमा छ,’ गायक खनालले भने । गीतमा बुवाको ठाउँमा हजुर राखिएको छ ।

‘टुकीमा निभेको सलेदो छदै छ, सजल (आँशु)ले भरेको परेलो छदैछ । मझेरी पनि छ, पाखा पखेरा उस्तै छन् । चुकुल लगाएको ढोका जस्ताको तस्तै छदै छ । धर्ती, चन्द्र र सविता (सूर्य) पनि जस्ताको तस्तै छ । तर बुवा मात्र हुनुहुन्न भन्ने भाव गीतमा छ’, खनालले भने ।

गीत दिपक खनाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

सम्बन्धित समाचार