खाँदबारी । सनिबार क्वाटर फाईनलको तेश्रो र चौँथो खेल सम्पन्न भएको छ । पहिलो खेल लोहोरुङ क्लव पांमा र चुलाचुली युथ क्लव धनकुटा विच भएको थियो । निर्धारित समय भित्र दुवै टिमले गोल गर्न नसकेपछि ट्राईब्रेकरबाट धनकुटा जितेको छ । धनकुटाले पांमालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
त्यस्तै दोश्रो खेल पञ्चकन्या फुटबल क्लव धर्मदेवी संखुवासभा र बेलबारी फुटबल क्लव मोरङ विच भएको थियो । उक्त खेलमा १–० गोल अन्तरले पञ्चकन्याले जित निकालेको छ । पञ्चकन्याका लागि पहिलो हाफमा ज्ञानेन्द्र भण्डारीले गोल गरेका थिए ।
दवै खेलमा विजेता बनेका चुलाचुली युथ क्लव धनकुटा र पञ्चकन्या फुटबल क्लव धर्मदेवी सेमिफाईनलमा प्रवेश गरेका छन् ।
आईतबार सेमिफाईनल खेल खेलाईने छ । पहिलो खेल सेकाहा सामुदायिक विकास क्लव र चुलाचुली युथ क्लव विच हुनेछ भने दोश्रो खेल पञ्चकन्या फुटबल क्लव र सभापोखरी फुटबल क्लव विच हुनेछ । पहिलो खेल दिउँसो १२ बजे र दोश्रो खेल २ बजे सञ्चालन हुने कार्य तालिका छ ।
प्रतियोगिता कार्तिक १२ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले शिल्ड, मेडल र ट्रफी सहित नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनल खेल्ने दुवै टिमले २५,२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ५,५ हजार रुपैया प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाईनल खेलको दिन विबिध साँगितिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया