संखुवासभाकै पहिलो द डिवेट वार हुँदै



खाँदबारी । संखुवासभामा पहिलो पटक संसदीय प्रणालीमा आधारित वादविवाद प्रतियोगिता द डिवेट वार हुने भएको छ । असल शासन क्लब संखुवासभाले आज नेपाल पत्रकार महासंघ संखुवासभाको कार्यालयमा पत्रकार सम्मेलन गरेर यो कार्यक्रमको जानकारी दिएको हो ।

मंसिर १४ गते देखि सुरु हुने यो कार्यक्रम विभिन्न चरणमा सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगिता वर्ड स्कुल डिवेट च्याम्पियनसिप (डव्लुएसडीसी) को नियमानुसार सञ्चालन हुनेछ । कार्यक्रम संयोजक अनुप चापागाईंका अनुसार प्रतियोगितामा खाँदवारी नगरपालिका भित्रका माध्यमिक विद्यालयका १९ बर्ष मुनिका विद्यार्थीहरु सहभागी हुनेछन् । प्रतियाेगितामा एक विद्यालयबाट १ छात्रा सहित ३ जना विद्यार्थीहरु सहभागी हुन पाउने चापागाईंले बताए ।

विद्यार्थीहरुको बौद्धिक क्षमता विकास गरेर खोज तथा अनुसन्धान गर्न प्रेरित गरि सामुहिक भावनाको विकास गर्दै आलोचनात्मक चेतनाको अभिवृद्धी गर्नका लागि यो कार्यक्रम गर्न लागिएको चापागाईंले बताए । यो कार्यक्रममा प्रथम हुने विद्यालयले नगद रु ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दितिय हुने विद्यालयले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै सेमिफाईनलिष्ट् २ विद्यालयले नगद रु ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार