चिचिला । नेपाल रेडक्रस सोाईटी चिचिला शाखाको उद्घाटन गरिएको छ । चिचिला बजार स्थीत आमा समुहको भवनमा कार्यक्रमको आयोजना गरि विहिबार उपशाखाको उद्घाटन गरिएको हो ।
चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको प्रमुख आतिथ्यता तथा उपशाखाका सभापति महेन्द्र राईको अध्यक्षतामा आयोजित कार्यक्रमले उपशाखाको उद्घाटन गरिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका संखुवासभा सभापति सरोजकुमार बज्राचार्य, मन्त्री कृष्ण चन्द्र श्रेष्ठ, कोषध्यक्ष सल्लेन नेपाली, उपमन्त्री अर्जुन कुमार बस्नेत, सदस्यहरु सविता कालाखेती, सुशिला पराजुली, पुर्णकुमार गौली, माम्लि उपशाखाका सचिव पदम भण्डारी, जिल्ला शाखाका कार्यालय प्रमुख लक्ष्मी कार्की, वास कार्यक्रम, ब्लड बैँकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै विशिष्ट अतिथी जिल्ला रेडक्रस सोसाईटी सभापति सरोज बज्राचार्यले संखुवासभाका दश स्थानीय तहहरु मध्ये भोटखोला बाहेक सवै पालिकाहरुमा उपशाखा सञ्चालन भईसको जानकारी दिनुभयो । भोटखोलामा पनि सदस्यता विस्तारको कामहरु भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँले चिचिलामा आउन सक्ने विपद तथा मानव उद्धार कार्यमा निश्पक्ष र द्रुत गतिमा मानवीय सेवामा लाग्न सुझाव दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले चिचिला गाउँपालिकामा विपद आईरहने भएकोले रेडक्रस जस्तो संस्था चिचिलामा अत्यावश्यक रहेको बताउनुभयो । विपद ब्यवस्थापनका कार्यहरुमा गाउँपालिकासँग सहकार्य गरेर काम गर्ने बताउनुभयो ।
चिचिला गाउँपालिकामा ९२ जना आजिवन सदस्यहरु रहेका छन् ।
प्रतिक्रिया