खाँदबारी। संखुवासभाबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य बिदुर लिङ्थेप नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक नियुक्ति हुनुभएको छ । नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार उहाँलाई नियुक्त गर्नुभएको हो ।
प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि खाली भएको सचेतकमा मुख्य मन्त्री कार्कीले उहाँलाई नियुक्त गर्नुभएको हो । प्रमुख सचेतक पदमा नियुक्त भएका संखुवासभा प्रदेश क्षेत्र नम्बर २ का सांसद लिङ्थेप विद्यार्थी राजनीतिबाट आएका नेता हुन्।
लिङ्थेप २०७४ सालको निर्वाचनमा संखुवासभाको मादी नगरपालिकाको प्रमुख पदमा विजयी भएका थिए ।
प्रतिक्रिया